सरकारले माग्यो कोरोना भ्याक्सिन किन्न जनतासँग चन्दा

सरकारले कोरोना भ्याक्सिन किन्न जनतासँग चन्दा मागेको छ । बुधबार राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्दै कोरोनाभाइरस विरूद्धको खोप किन्न एनजिओ, आइएनजिओ, व्यवसायिक, सामाजिक र परोपकारी निकायसँग चन्दा मागिएको थियो।

Advertisement 1

सूचना निकालेर मन्त्रालयले कोरोना–१९ को कोषमा रकम जम्मा गर्न दातृ निकाय लगायतलाई अनुरोध गरेको हो ।

मन्त्रिपरिषद्को गत कात्तिक २४ गते बसेको बैठकले आकस्मिक प्रयोगका लागि स्वीकृतिप्राप्त भ्याक्सिन खरिद गरी लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

Advertisement 2

मन्त्राललले खोप कोषमा योगदान गर्ने दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीकलगायत अन्य दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने जनाएको छ । उक्त कोषको आय व्ययको समेत अवलम्बन गरेको लेखा प्रणाली बमोजिम लेखा परिक्षण प्रचलित कानुन बमोजिम गर्ने मन्त्रालयले भनाइ छ ।

कोभिड खोपको प्रयोजनका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेकोे कोष तथा लेखा नियन्त्रण कार्यालयको नामको खाता नम्बर १७००१००१०२०६०००० मा इच्छुकलाई रकम जम्मा गर्न मन्त्रालयले आग्रह गरेको छ ।

Advertisement 3


सूचनामा कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको खातामा पैसा जम्मा गर्न भनेको छ।

प्रकाशित :२०७७ माघ १, बिहीबार १७:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry