आजबाट दुई सचिवको पद खाली हुँदै
आज (शुक्रबार) देखि दुई सचिवको पद खाली हुँदैछ । पाँच वर्षे कार्यकाल आजबाट प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका गोपालनाथ योगी र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको सकिँदैछ ।
Advertisement 1
संविधानको धारा १०६ मा संघीय संसदको सचिव सम्बन्धी व्यवस्था छ । राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फुयाँललाई सचिवमा नियुक्ति गरेकी हुन् भने सभामुख कृष्णबहादुर महराको सिफारिसमा योगीलाई प्रतिनिधिसभाको सचिवमा राष्ट्रपतिले नियुक्ति गरेकी हुन्।
संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन अनुसार उनीहरुको पदावधि पाँच वर्षको हुन्छ । सभामुख देवराज घिमिरे खाली हुने सचिव पदमा पदपूर्तिका लागि छलफल भइरहेको बताउँछन् । उनी भन्छन्, ‘सचिव पदमा योग्यता पुगेका र योग्य व्यक्तिहरु नै आउनेछन् ।’
Advertisement 2