लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा विकास देवकोटा नियुक्त

 

Advertisement 1

लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटा नियुक्त भएका छन् ।
हिजो बसेको लुम्बिनी प्रदेश सरकारको बैठकले डा देवकोटालाई त्यहाँस्थित स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरेको हो । लुम्बिनी प्रदेशमा केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालय गठन भएको थियो।

देवकोटा यस अघि मन्त्रालयको प्रवत्ता हुँदै सरुवा गरी मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख थिए । देवकोटाले आगामी आइतबार पदबहाली गर्नेछन् ।

Advertisement 2

 

 

प्रकाशित :२०७८ बैशाख १७, शुक्रबार १३:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry