काठमाडौंका उपभोक्ताको धारमा मेलम्चीको पानी छोडियोः सचिव आचार्य

काठमाडौंका उपभोक्ताको धारमा सोमबार बिहान आठ बजेदेखि नै मेलम्चीको पानी छोडिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।
मेलम्चीको पानी पुनर्वितरणको उदघाटन कार्यक्रममा सचिव आचार्यले सोमबार बिहान आठ बजेदेखि नै मेलम्चीको पानी छोडिएको बताएका हुन् ।

Advertisement 1

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने आचार्यले जानकारी दिए ।

बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौं ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो । कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइँदै छ ।

प्रकाशित :२०८० माघ १, सोमबार १०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry