पुन: अर्थमन्त्रालय ‘जम्प हान्दै’ कृष्णहरि पुस्कर

सरकारले पुन अर्थ सचिवमा कृष्णहरि पुष्करलाई लैजाने तयारी गरिरहेको छ । यस अघि सचिव बढूवा हुनासाथ राजश्व हुँदै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका पुष्कर अर्थबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पुगेका थिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुतिको अघिल्लो मध्यराती नायबसुब्बा रघुनाथ घिमिरेलाई मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेपछि उत्पन्न विवादका कारण तत्कालीन सचिव मधु मरासिनी सरुवा भएपछि पुस्कर राजस्व सचिवबाट अर्थमा जम्प भएका थिए । उनै पुष्कर सामान्यबाट फर्किएसँगै अर्थमा जाने गरी चाँजोपाँचो मिलाइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले इकर्मचारी डटकमलाई जानकारी दिएको छ ।

Advertisement 1

सामान्य प्रशासनमा रहँदा कर्मचारी सरुवामा जति पनि बदमासी भए उनै पुष्करका कारण बदमासी भएको बताइन्छ । सोही कारण मन्त्री अमनलाल मोदी र उनीसँग पानी वाराबारकै स्थिति बनेको थियो । मोदी मन्त्री हुँदै त्यहाँबाट सरुवा खोजेका उनी मोदी आफैं अपदस्थ भएर अनिता देवी सामान्य प्रशासन मन्त्रीको रुपमा आएसँगै सामान्यबाट अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।
साढे पाँच महिना सामान्य सचिवको जिम्मेवारीमा हरेका पुष्कर पनि अर्थ सचिव पद ताक्दैछन् । हालका अर्थ सचिव अर्जुन प्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर उनी अर्थमा जम्प गर्ने तयारी गर्दैछन् ।असक्षम अर्थमन्त्रीको रुपमा डा प्रकाशशरण महत चित्रित भइसकेका अर्थशास्त्रीहरुको आरोप छ । डा महत अर्थतन्त्रमा देखिएको समस्या समाधानमा गम्भीर हुन र अर्थतन्त्रलाई संकुचनमा जानबाट रोक्न भन्दा पनि कर्मचारी चलाउनमै रमाइरहेका छन् ।

उक्त स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका पुष्करलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने तयारी भएको छ । यसअघि अर्थसचिव भइसकेका पुष्करलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव लगिएको हो ।

Advertisement 2

पुष्कर  लोकमानकै पालामा अख्तियार,कलकत्ताको महाबाणिज्यदूत नियुक्ति हुने अवसर समेत पाएका थिए ।

प्रकाशित :२०८० भाद्र २२, शुक्रबार १३:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry