मालपोत र नापी कार्यालय पनि बन्द
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने भएकाले मकवानपुरमा आज बिहीबारबाट मालपोत र नापी कार्यालय बन्द हुने भएका छन्।
Advertisement 1
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार सेवाग्राहीको भिड हुने कार्यालयमा संक्रमण हुने जोखिमबाट सुरक्षित रहनका लागि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यी कार्यालय बन्द गर्ने निर्णय गरिएको हो।
कार्यालयमा सेवाग्राहीको भिड नहोस् भन्नका लागि बन्द गरिए पनि आन्तरिक कार्यहरू भने हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।
Advertisement 2
मकवानपुरमा कोरोना परीक्षण कार्यलाई सुधार गराउनका लागि पनि तयारी गरिएको छ। स्वाब संकलन कार्यलाई छिटो, छरितो र व्यवस्थित बनाउन हेटौंडा उपमहानगरपालिकाले आवश्यक प्रबन्ध मिलाउने भएको छ। हेटौंडा १० स्थित गोरक्षश्वर मन्दिर परिसरमा कोरोना परीक्षणका लागि आवश्यक तयारी गर्ने कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।