हराएका प्रहरी खोज्दै हेर्डक्वाटर

प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि सम्पर्कबिहिन भएका प्रहरीको खोजीमा लागेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना प्रकाशन गर्दै गत फागुनदेखि कार्यालयमा हाजिर नभएका १० जना प्रहरीलाई एक साताको अल्टिमेटम दिएको छ ।
कार्यालयले सम्पर्कविहीन भएका प्रहरी बरिष्ठ नायब निरीक्षक धन बहादुर तमाङ,प्रहरी नायब निरीक्षक झक बहादुर रोका क्षेत्रीसहित प्रहरी जवानहरु जितेन्द्र सेने,सरिता राई,रामभगत महतो,दिनेश प्रसाद साह,सन्तोष सापकोटा,टेकबहादुर सुनार,मनिष कुमार झा,दिपेश नेपाली र प्रहरी कार्यालय सहयोगी गोविन्द श्रेष्ठ रहेका छन् । यी दशै जनालाई प्रहरी हेर्डक्वाटरले साता दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको छ ।
Advertisement 1
सूचनामा भनिएको छ, आफूखुसी कार्यालयमा गैर हाजिर रहेका र खोजतलास गर्दा तथा सूचना टाँस्दा पनि हाजिर हुन नआएका दश जना प्रहरीलाई बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउनु अन्यथा प्रहरी नियमावली उपर कारवाही हुनेछ ।