कतिमा हुँदैछ शुक्रबार सुनको कारोबार?

काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य सामान्य बढेको हो।

Advertisement 1

शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

बिहीबार सुनको कारोबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा भएको थियो।

Advertisement 2

त्यस्तै बिहीबार प्रतितोला १९ सय ९५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला १९ सय ८० रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८२ जेष्ठ १७, शुक्रबार १०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry