प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ६ प्रतिशतले बढ्ने

काठमाडौं। गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु १ लाख ९२ हजार ३१ रहेकामा चालु आर्थिक वर्ष रु २ लाख ३ हजार ५३८ पुग्ने सरकारले अनुमान गरेको छ।
Advertisement 1
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, “चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ६ प्रतिशतले बढ्ने अनुमान छ। पछिल्लो दशक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर ९ प्रतिशत रहेको छ। गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ४४३ अमेरिकी डलर रहेकामा चालु आर्थिक वर्ष १ हजार ४९६ अमेरिकी डलर पुग्ने अनुमान छ।
त्यसैगरी प्रतिव्यक्ति राष्ट्रिय आय र खर्चयोग्य आय दुवै क्रमशः बढ्दै गएको र चालु आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत वर्षको तुलनामा ३ दशमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान सरकारले गरेको छ।
Advertisement 2
आर्थिक सर्वेक्षणमा भनिएको छ, “गत आर्थिक वर्ष यस्तो आय ४ दशमलव १ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्ष प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान छ। गत आर्थिक वर्ष यस्तो आय १ हजार ४६७ अमेरिकी डलर रहेको थियो। त्यसैगरी, गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल खर्च योग्य आय १ हजार ८६४ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष यस्तो आय अमेरिकी डलर १ हजार ९४० पुग्ने अनुमान छ।”