४५ जना नेपाली कांग्रेसका सदस्य एमाले प्रवेश

स्थानीय निर्वाचनको संघार मै नेपाली कांग्रेसका हुनाहार युवा जस्ता एमाले प्रवेश गरेका छन् । बेसीशहर नगरपालिका -४ साविक पुरानकोट गाविसका उपसभापति कपुरजंग गुरुङको अगुवाइमा ४५ जना नेपाली कांग्रेसका सदस्य एमाले प्रवेश गरेका हुन् ।
सोही वडामा एमालेका तर्फबाट अध्यक्षमा दाबेदार गरेका एमालेका संगठित सदस्य भोजबहादुर गुरुङ गत २५ गते कांग्रेस निवर्तमान सभापति भेषबहादुर पौडेलको गेट वे हिमालयन रिसोर्टमा गएर सुटुक्क कांग्रेस प्रवेश गरेको लगत्तै एमालेले पुरानकोटमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रमुख समाचार आयोजित चुनावी सभामा कपुरजंग गुरुङले विष्णु गुरुङ, युबाराज गुरुङ, युक्त गुरुङ, दिलमान गुरुङ, मिलन गुरुङ, हर्क बहादुर गुरुङ, संजय गुरुङ, चित्र गुरुङ, धन बहादुर गुरुङ, सूर्य गुरुङ, सेते गुरुङ, राजकुमार गुरुङ, टीकामान गुरुङ, रामबहादुर गुरुङ, रोहन गुरुङ, पूर्ण गुरुङ, आइती कुमारी गुरुङ, हिरा कुमारी गुरुङ, रेलमाया गुरुङ, मनमाया गुरुङ, हिरामाया गुरुङ, बोलमाया गुरुङ, सुशीला गुरुङ, महेन्द्र श्रेष्ठ, रासबहादुर तामाङ सहितका कांग्रेस युवाले एमाले रोजेका थिए ।
बेसीशहर नगरपालिकामा गठबन्धनले जसरी पनि जीत निकाल्न हरप्रयास गरिरहेको बेला कांग्रेसका कट्टर युवाहरुको एमाले प्रवेशलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । चुनावी प्रतिष्पर्धामा कहिल्यै पराजित नभएका एमाले उम्मेदबार गुमानसिंह अर्याललाई पाँच दलीय गठबन्धनले खासै असर नपार्ने भन्दै गर्दा कांग्रेस माओवादी छाड्दै एमाले प्रवेश गर्दै गर्दा अर्याललाई निर्बाचन जित्न झन सहज बनेको बताइन्छ ।
केहीदिन पहिले मात्रै राप्रपा उपाध्यक्ष हेमजङ गुरुङ्गको गाउँ मर्स्याङ्दी गाउँपालिका घनपोखरा का राप्रपा, माओवादी केन्द्र छाडी कृष्ण विकको नेतृत्वमा एमाले प्रवेश गरेका थिए भने माओवादी केन्द्र निकट प्रेस सेन्टरसंग आबद्द पत्रकार महासघका पूर्व केन्द्रीय सदस्य, लमजुङ्ग जिल्लाका अध्यक्ष अन्नपूर्ण पोस्ट का पत्रकार नवीनराज कुइकेलले पनि माओवादी केन्द्र छाडेर भर्खर मात्र एमाले प्रवेश गरेका छन् ।
प्रकाशित :२०७९ बैशाख २९, बिहीबार १२:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry