१६ गतेदेखि काठमाडौंमा निषेधाज्ञा,अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ। आज काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच बसेको बैठकले निषेधाज्ञा लगाउने निर्णय भएको हो। काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली,ललितपुरका सिडिओ द्रोण पोखरेल र भक्तपुरका सिडिओ प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईबीच आज चलेको छलफल अनुसार आगामी १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने छलफल । जसअनुसार अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुनेछन् भने । सार्वजनिक र निजी सवारी साधन पनि बन्द हुनेछन् । यद्यपि एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन्। अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ।खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ।
यद्यपि सरकारी कार्यालय खुल्नेछन्। बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्ने गरी मापदण्ड बनाइँदैछ ।
अहिले निषेधाज्ञामा के खोल्ने के नखोल्ने भन्ने मापदण्ड बनाइन्छ।
हिजै सिंहदरबारमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्र बैठकले सिफारिश गरेबमोजिम आज बेलुका बस्ने क्याबिनेट बैठकले काठमाडौं उपत्यकालगायत तीब्र रुपमा कोरोना संक्रमण फैलिएका जिल्ला र क्षेत्रमा अहिले स्थानीय प्रशासनले जारी गर्ने निषेधाज्ञा अनुमोदन गर्ने तयारी छ ।

Advertisement 1

५ सयभन्दा बढी संक्रमित भएका नगर र जिल्ला तथा २ सय भन्दा बढी संक्रमित भएका गाउँपालिकामा स्वतः निषेधाज्ञा लगाउने र त्यो अधिकार सिडिओलाई दिइएको छ ।

 

Advertisement 2

 

प्रकाशित :२०७८ बैशाख १३, सोमबार १४:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry