८२ सहसचिव, २ सय उपसचिवका लागि नयाँ भर्ना खोल्ने लोकसेवाको तयारी

लोकसेवा आयोगले आफ्नो बार्षिक कार्यतालिका अनुसार नै सह सचिव र उप सचिवको परीक्षा गर्ने तयारी गरेको छ । कोरोना कहरकै बीच यी पदहरुको विज्ञापन खोल्ने लोकसेवाले तयारी गरेको छ ।
सोही तयारी अनुरुप नै अस्ति मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकारका विभिन्न मन्त्रालय, निकाय, आयोग तथा सचिवालयमा रिक्त सहसचिव र उपसचिवको संख्या पठाउन बिहीबार पत्राचार गरेको छ ।

Advertisement 1

मन्त्रालयद्धारा जारी पत्राचारमा आगामी १० भदौभित्र सबै रिक्त पदको विवरण पठाउन ती निकायलाई पत्राचार गरेको हो ।

मन्त्रालयका अनुसार हाल सबै निकायमा गरेर सहसचिवतर्फ अप्राविधिक (प्रशासन) तर्फ ५२ र प्राविधिक सेवा समूहमा ३० गरी ८२ बढी पद रिक्त छन् ।दुवै समूहमा गरी सहसचिवतर्फ ८२ र उपसचिवतर्फ २ सय गरी २ सय ८२ पदका लागि परीक्षा हुन सक्ने देखिएको छ । उपसचिवतर्फ दुवै सेवा समूहमा गरी २ सयभन्दा बढी पद रिक्त छ । जसमा प्रशासन सेवाको १ सय ३० र अप्राविधिक सेवाको ७० बढी पद रिक्त रहेको मन्त्रालयले जनाएको छ । दुुवै सेवा समूहमा गरी सहसचिवतर्फ ८२ र उपसचिवतर्फ २ सय जना गरी २ सय ८२ पदका लागि परीक्षा हुने देखिएको हो ।

प्रकाशित :२०७७ श्रावण ३०, शुक्रबार ०६:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry