प्रदेश निजामती सेवा नियमावली स्वीकृत
लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली २०८०’ स्वीकृत गरेको छ । प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नियमावली स्वीकृत गरेको हो ।
Advertisement 1
प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गरेको हो । ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याई कार्यान्वयन गर्न विभिन्न नियमावलीसहितका कानुनहरु बनाउन सक्ने व्यवस्था अनुसार प्रदेश निजामती सेवा नियममावली-२०८० ल्याइएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताए।
सुशासन, विकास, समृद्धिका लागि आयोजना व्यवस्थापन र सार्वजनिक खर्च प्रणालीमा प्रभावकारिता ल्याउन बहुवर्षीय आयोजनाको समुचित व्यवस्थापन गर्नुपर्ने भएकाले मापदण्ड स्वीकृत गरिएको प्रवक्ता पाण्डेयले बताए ।
Advertisement 2
त्यसै गरेर ‘प्रदेशका आयोजनाको बहुबर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निर्णय गरेको छ ।