पत्रकार तमाङ र लामा पक्राउ
समाचार लेखेकै कारण प्रहरीले उज्यालो नेटवर्क डटकमका उपसम्पादक अनिश तामाङलाई पक्राउ गरेको छ । प्रहरीले उज्यालो नेटवर्क अनलाइनका सम्पादकलाई पक्राउ गरेको हो । यस्तै प्रवन्ध निर्देशक डिएल तामाङलाई पक्राउ पूर्जी थमाएको हो । नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा घेराउ हालेर बल प्रयोग गरी उनलाई पक्राउ गरेको हो । साथै उज्यालो नेटवर्कको क्यामरा र मोबाइल समेत प्रहरीले खोसेको छ । डेक्स सम्पादक विवेक लोप्चनको मोबाइल समेत प्रहरीले खोसेको छ । डिएसपी बी सुवेदीको टोलीले उक्त कार्य गरेको हो । उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेको थियो । पछि उस्ले समाचार खण्डन नै प्रकाशन गरिसकेको थियो ।
यसअघि समाचारको विषयलाई लिएर पत्रकारलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको थियो । काठमाण्डौ प्रहरी परिसर प्रमुख अशोक सिंहका अनुसार, फौजदारी अभियोगमा स्टे अर्डरले काम गर्दैन ।