३ करोडमा डामिएको तीन बर्षपछि सफाई

३ करोडभन्दा बढी अकुत सम्पत्ती आर्जन गरेको आरोप लागेका खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्यायले सफाई पाएका छन् ।
Advertisement 1
२०६३ पुस ५ गते सरकारी सेवामा प्रवेश गरेका उपाध्यायले करिब १४ वर्षे जागिर अवधिमा तीन करोड १० लाख २७ हजार एक सय ५३ रुपैयाँ गैर कानुनी आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको हो।
सामुदायिक खानेपानी तथा सरसफाइ इकाई कार्यालय डडेलधुरामा २०६३ पुस ५ मा राजपत्राङ्कित तृतीय श्रेणी(इन्जिनियर)मा स्थायी नियुक्ति पाएका उपाध्याय २०६९ चैत १५ मा सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका थिए । सुरु नियुक्ति लिएदेखि २०७७ जेठ मसान्तसम्म उपाध्यायले पाँच करोड एक लाख ४३ हजार चार सय ५१ रुपैयाँ आर्जन गरेको खुलेको थियो।
Advertisement 2
विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले उपाध्यायलाई आइतबार सफाई दिएको हो ।