९ सचिव सरुवा
काठमाडौं। सरकारले ९ जना सचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ९ जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो।
Advertisement 1
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सोमबार उक्त जानकारी गराएका हुन्।
उनका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ।
Advertisement 2
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई निर्वाचन आयोग सरुवा गरिएको छ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
Advertisement 3
प्रकाशित :२०८१ पुष २९, सोमबार १७:३४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%