राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य गर्नुपर्ने

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य आवश्यक भएको बताएका छन्।

Advertisement 1

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपालीको पहिलो जिम्मेवारी भएको बताएका छन्।

सन्देशमा उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

Advertisement 2

देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र नागरिकबीच एकता अपरिहार्य नेता दाहालले सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित :२०८३ जेष्ठ १५, शुक्रबार १५:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry