वीरगञ्जमा कर्फु जारी

वीरगञ्जमा तनाव सृजना भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ साढे ६ देखि आइतबार चैत ३१ दिउँसो १२ बजेसम्म लागु हुने गरी कफ्र्यू आदेश जारी गरेको छ।

Advertisement 1

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्जको पूर्वमा भेडियाही चौक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई ४ किल्ला मानेर सोभित्र कफ्र्यू लगाएको जिल्ला प्रशासन कार्यालयले पत्र मार्फत जानकारि गराएको छ।

प्रकाशित :२०८१ चैत्र ३१, आईतवार ०६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry