बालबालिकाको रुची र गुण बुझ्नसक्नु महत्वपूर्ण कुरा हो

अहिले कख, एबीसीडी सिक्न जाने भनेजस्तो पहिलेपहिले (हाम्रा हजुरबाहरुको पालामा) कखरा सिक्न जाने भनिन्थ्यो रे। त्यसैले हामीले अंग्रेजी नाम राख्नुभन्दा पनि आफ्नै मौलिक संस्कृति झल्किने हिसाबले विद्यालयको नाम “कखरा प्रिस्कूल” राखेका हौँ। विद्यालयको स्लोगन पनि त्यही अनुुसार “मौलिक एवं सुसंकृत” तय गरेका छौँ। नेपाली मौलिकतालाई सुसंस्कृत ढंगबाट अनुशरण गर्दै विद्यालय भित्रका व्यवहारहरु पस्किने गर्छौं। हाम्रो जस्तो विद्यालयले बाल विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको पूर्व प्राथमिक तहको प्रारम्भिक बाल शिक्षा प्रदान गर्ने हो। “कखरा” शब्दले “साउँ अक्षरको ज्ञान” अर्थात् “प्रारम्भिक बाल शिक्षाको पहिलो पाठ” भन्ने कुरालाई जनाउने र बालकदेखि बृद्धसम्म सबै उमेर समूलाई उच्चरण गर्न पनि सजिलो हुने भएकाले “कखरा” नाम कै कारण पनि विद्यालयको ब्रान्डिङ्ग र पहूँच विस्तारमा पनि धेरै सहजता महसुस गरेका छौँ। कखरा विगत ८ वर्षदेखि सञ्चालनमा छ। विद्यालयमा २ वर्षदेखि ६ वर्ष उमेरसम्मका बालबालिका छन्।

Advertisement 1

अहिले समावेशी शिक्षालाई राज्यले प्राथमिकतामा राखेको छ। त्यसैले कखरामा पनि सकेसम्म समुदाय भित्रका बढी भन्दा बढी जात–जाति, भाषा–भाषी र संस्कृतिसँग सम्बन्धित बालबालिकालाई भर्ना गर्ने गरेका छाँै। पछिल्लो समयमा अटिस्टिक बालबालिकाहरुको संख्या बढ्दो क्रममा छ। हामी चिकित्सकले सामान्य अटिस्टिक भनेर शिफारिस गरेका बालबालिकालाई पनि भर्ना गर्छौँ। हामी अपनाएको यो समावेशी मान्यताले बालबालिकाहरुको सामाजिक विकासमा ठूलो सघाउ पुगेको छ। बालकको सवालमा अभिभावक र विद्यालय जहिले पनि पारदर्शी हुनुपर्छ। किनभने बालक एउटा पक्षको मात्र जिम्मेवारी होइन। परिवार, सामुदाय र विद्यालय तीनवटै पक्षको राम्रो तालमेल भयो भने मात्र बालकको विकास र शिक्षामा सकरात्मक प्रभाव पार्न सकिन्छ। बालकका लागि कसले के गरिरहेको छ भन्ने कुरा चाहिँ सधैं पारदर्शी हुनुपर्छ। र, त्यस सम्बन्धी मुख्य सूचना आउने भनेको बालकको परिवारबाटै हो। त्यसैले समग्र बाल विकास र सिकाईमा विद्यालय र परिवारको अझ बढी तालमेल हुनुपर्छ।

स्वस्थ्य बाल बिकासका लागि हाम्रो अर्थसामाजिक परिवेशले पनि कतिपय अवस्थामा असर पारेको देखिन्छ। काठमाडौं उपत्यका कै उदाहरण लिऔँ। यहाँ बालकको आमा र बुवा दुवै जना कामकाजी भएका कारण धेरै बालबालिकालाई उमेर नै नपुगी बाल विकास केन्द्रमा भर्ना गर्ने गरेको पाईन्छ। यो राम्रो अभ्यास होईन। बालकको उमेर २ वर्ष पूरा भएपछि मात्र बाल विकास केन्द्रमा पठाईयो भने मात्र बालकको होलस्टिक डेभलपमेन्टमा सकरात्मक असर पर्छ। बालकको २ वर्षदेखि ६ वर्षको उमेरबीचको अवधीे उसको फाउन्डेसन पिरियड हो। त्यसैले यो अविधी भित्र भर्ना गरिएको खण्डमा मात्र बालकको सर्वांङ्गीण विकासमा सकरात्मक असर देख्न पाईन्छ।

Advertisement 2

बालकको दिमागको विकास जन्मेदेखि ६ वर्षसम्म तीव्र गतिमा हुन्छ। त्यसैले यो उमेर अवधिमा हामीले जति बालबालकलाई कन्फिडेन्ट बनेर हुर्काउन सक्छौं, त्यो चाँही पछि गएर रिफ्लेक्सन मात्रै हुने अध्ययनबाट पुष्टि भएको छ। “जग बलियो भयो भने घर बलियो हुन्छ” भनेझैं कुनै पनि बालकको फाउन्डेसन पिरियड जति गुणस्तरीय हुन सक्यो उसको प्राज्ञिक र व्यवशायिक जीवन पनि त्यतिनै गुणस्तरीय हुने हुन्छ। तसर्थ, फाउन्डेसन पिरियडमा बालकको सामाजिक, भाषिक, ईमोसनल, शारीरिक, सामाजिक लगायतका समग्र क्षेत्रमा विकसित ज्ञान, सीप र क्षमतालाई स्वस्थ्य एवं गुणस्तरीय बनाउन कखरा टिम अहोरात्र क्रियाशील रहने गरेको छ।
हामी हाम्रा सबै अविभाभवकहरुलाई बालबालिकाको फाउन्डेसन पिरियडलाई बढी भन्दा बढी गुणस्तरीय र स्वस्थ्य बनाउने कुराको सुनिश्चितता दिलाउँछौं।

कखरामा बिहान ९ बजेदेखि ३ बजेसम्म वार्षिक बाल विकास योजना बमोजिम तर्जुमा गरिको दैनिक पाठ्य योजना अनुसारका विभिन्न खाले एक्टिभिटी हुन्छन्। अभिभावकहरुले समय मिलाएर साढे ३ बजे सम्ममा आफ्ना बालबालिका रिसिभ गर्न सक्ने सुविधा पनि छ। हामी ४ वर्षीय इसीडी प्रोग्राम चलाउँछौं। त्यस अन्तर्गत प्ले ग्रूप, नर्सरी, एलकेजी र युकेजी गरेर ४ वटा कक्षा संचालित छन्। मासिक सुल्क साढे ८ हजार रुपैयाँबाट सुरु हुन्छ र माथिल्लो कक्षाका लागि १३ हजार रुपैयाँसम्म छ। मासिक शुल्कमा दु्ध, अन्डा, दुई समयको खाना, खाजा पनि समावेश छ। खानाको लागि अलग्गै शुल्क लिदैनौँ। विगत ८ वर्षको अनुभव हेर्दा अभिभावकहरुबाट धेरै राम्रो प्रतिक्रिया पाएका छौं। अभिभावकहरुले केही सुधार गर्नुपर्ने कुरा औंल्याउनुभयो भने तत्काल सुधार गर्दै अगाडि बढिरहेका छौं।

Advertisement 3

हाम्रो विद्यालयमा २० देखि ३० मिनेटको दुरीबाट बालबालिका आइरहेका छन्। सकेसम्म २० मिनेटभन्दा बढीको दुरीका बालबालिकालाई भर्ना नगर्न सल्लाह दिने गरेका छौँ। विद्यालय आउन जान यातायत सुविधा आवश्यक पर्ने बालबालिकाका लागि विद्युतीय सवारी साधनको व्यवस्था गरिएको छ। नेपाल सरकारले तोकेको मापदण्ड, ईसिडी सम्बन्धी अन्तर्राष्ट्रिय असल अभ्यासहरु र मौलिक सामुदायिक परिवेश समेतलाई समेटेर तयार गरिएको पाठ्य योजना र सामाग्री अनुसार सिकाई र विकास सम्बन्धी क्रियाकलाप संचालन गर्ने गरेका छौँ। यो नै अन्य बाल विकास केन्द्र र कखराबीचको मुलभूत पृथकता हो। उपत्यका भित्र धेरै बालकेन्द्रहरु विदेशी ब्राण्डका फ्रेन्चाइजहरु छन्। कखरा त्यस्तो कुनै पनि विदेशी ब्राण्डको फ्रेन्चाइज होइन। हाम्रो करिकुलम हाम्रै खोज, अनुशन्धानमा आधारित आफ्नै युनिक करिकुलम हो।

बालबालिकाको विकासमा खाना र हाइजिनले धेरै ठूलो महत्व राख्दछ। हामीले खानाको रेसिपी, र मेनु बालकको उमेर, तौल र डाइटिसियनले प्रेस्क्राइब गरेअनुसार तयार गर्ने गरेका छौँ। कसरी सन्तुलित र पोषणयुक्त खाना खुवाउने भनेर लेखाजोखा गरेर मात्र खानाको मेनु र रेसिपी तयार गर्ने र सोही अनुसार खाना खुवाउने गछौँ। हामी बाल पोषण र हाईजिन सम्बन्धमा अभिभावकलाई नियमित काउन्सिलिङ पनि गर्छौं र मेनु पनि दिन्छौं। खानाको क्वालिटीमा हामी कम्प्रोमाइज गर्दैनौं। खानाका लागि जे जति चीज हामी प्रयोग गर्छौं, ती सबै एकदमै ताजा, स्वच्छ र पूर्ण स्वस्थ्यकर प्रयोग गर्छौँ ं। खाद्यय सामाग्री जहाँ पायो त्यहीँबाट ल्याउँदैनौं। जस्तै दूध, अन्डा, हरियो सागपात र तरकारी निश्चित आपूर्तिकर्ताबाट मात्र लिने गरेकाछौँ। अनिवार्य परीक्षण गरेर मात्र दूध, हरियो सागपात र तरकारी प्रयोगमा ल्याउँछौं। उपलब्ध भएसम्म हामी अर्गानिक किसिमको तरकारीहरु प्रयोग गर्छौं।

प्रत्येक बालक आफैँमा युनिक हुन्छ। बालकै पिच्छे रुची र गुण फरक फरक हुन्छ। त्यसैले बालकको रुची र गुण पहिचान गरेर मात्र उसको होलिष्टिक विकासका लागि आवश्यक कदम चाल्ने गरेका छौँ। कुनै बालक पढाई, लेखाईमा एकदमै रुची राख्ने हुन्छ भने कोही खेलकुद, गायन, नृत्य, चित्रकला वा यस्तै अन्य कुनै विषयमा राम्रो हुन्छन्। हामीले त्यहीअनुसार बालबालिकाको सिकाई र सर्वाङ्गिण विकास क्रियाकलाप संचालन गर्ने गछौँ। कुनै पनि बालक विद्यालय भर्ना भैसकेपछि सामान्य लेखपढ स्तरमा त पुग्ने नै भयो। तर, उसकोे के मा रुची छ, उसमा के कस्तो ईन्ट्रिजिक क्वालिटी वा गुण छ, त्यो समयमै पत्ता लगाउनु चाहीँ एकदमै महत्वपूर्ण हुन्छ। त्यसो भयो भने मात्र बालकको पोटेन्सियललाई हामीले अहिलेदेखि नै उजागर गर्दै अघि लैजान सक्छौं। यसरी गइयो भने मात्र भोली ऊ आफ्नो क्षेत्रमा सफल व्यक्ति भएर निस्किन सक्छ। हामी बालकको रुची र गुण अनुसार विद्यालयले सम्वोदन गर्नसक्ने विषयमा हामी आफैँ सम्वोदन गर्ने गर्छौ। र, अभिभावकले सम्बोदन गर्नुपर्ने विषयको हकमा अभिभावकलाई गाइड गर्छौं।

अहिले हाम्रो विद्यालयमा ११७ जना बालबालिका छन्। ८ वर्षको अवधिमा बालकको रुची र गुण अनुसार हामीले अभिभावकलाई गाइड गरेका थुप्रै उदाहरणहरु छन्। हाम्रो विद्यालयबाट गएर अन्त पढिरहेका बालबालिका पनि एकदमै ट्यालेन्ट भएर निस्केका छन्। कखराबाट पास आउट भएर अन्य विद्यालयमा गएका बालबालिकाले राम्रो सफलता पाएको र राम्रो मिहनेत गरेको कुरा सुन्दा आन्द लाग्छ। नाम चलेका राम्रै विद्यालयमा यहाँबाट गएका बालबालिकाको प्रगति र प्रदर्शनबारे जुन प्रतिक्रिया पाइन्छ त्यो जस्तो आनन्द व्यावसायिक जीवनमा पाईने आनन्द सायदै पाईएला। अहिले त ‘बिफोर सिक्स इयर नो बुक, नो पेन’ भन्ने अवधारणा आइरहेको छ। त्यहीअनुसार ६ वर्षपछि कुन किसिमको विद्यार्थी बनाउने भन्ने हिसाबले बालबालिकालाई तयार गर्नुपर्छ। कखराबाट पासआउट भएका सबै बालकहरु एकदमै नाम चलेका प्रतिष्ठित विद्यालयहरुले लिने छनोटको परीक्षामा पनि राम्रै स्थान लिएर सफल भएका छन्। यो गर्वको कुरा हो। यसको सक्सेस रेट एकदमै राम्रो छ।

बलबालिका सुरुमा बाल विकास केन्द्रमा आउँदा रुने, कराउने किसिमका हुन्छन्, त्यस्तालाई हाम्रा स्टाफहरुले ललाईफकाइ गरेर सम्झाउने, बुझाउने गर्नुहुन्छ, बालकले के चाहेको हो त्यो पत्ता लाएर उसको चाहना पुरा गरिदिन्हुन्छ। त्यतिबेला अलि बढी मिहेनत गर्नुपर्छ। ईसीडी मापदन्डले वान ईजटु टेनको अनुपातमा सहजकर्ताको व्यवस्था हुनुपर्छ भन्छ। सुरुमा आउँदै गरेको बालकलाई १ अनुपात १ को आधारमा नै केयर गर्नुपर्छ। विस्तारै एक जनाले २, ३ जना हेर्ने पनि गरिन्छ। सुरुमा उनीहरुलाई केही थाहा हुँदैन। हामीले घरको जस्तै वातावरण बनाएर केयर गर्छौं। सुरुसुरुमा हामीले थोरै समय राख्छौं। बानी परेपछि विद्यालयमा राख्ने समय बढाउँदै लैजान्छौं। हामीले प्लेबेस्ड लर्निङ मा बाल विकास क्रियाकलाप संचालन गर्ने भएको हुनाले विद्यालय समयमा हरेक कुरा खेलाएर नै गरिरहेका हुन्छौं।

बालकहरुलाई माया गरेर हामीले विद्यालय जाऔं जाऔं लाग्ने बनाउँछौं। थर्काउने, गाली गर्ने जस्ता बाल विकास अबरोधी कुनै पनि क्रियाकलाप कसैबाट पनि हुन दिदैनौँ। नीतिगत कुरा गर्नुपर्दा, ईसिडी सम्बन्धी नेपालको नीतिगत व्यवस्था एकदमै राम्रो छ। तर, हाम्रो कार्यान्वयन पक्ष भने कमजोर छ। छड्के अनुगमन गर्ने, जाँच गर्ने किसिमका कुनै गतिविधि हुँदैनन् राज्यले अनुगमन गरेर राम्रो विद्यालयलाई राम्रो र खराबलाई खराब भन्दियो भने खराब गर्नेहरु पनि सुधार गर्दै जान्छन्। तर, राज्यले अनुगमन नगरेर राम्रो र नराम्रोलाई एकै डालोमा राखेजस्तो भएको छ। जसका कारण बाल केन्द्रहरुलाई अभिभावकले हेर्ने नजर एउटै बनेको छ। राज्यले अनुगमन नगरिदिएकै कारण अभिभावकले पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर छुट्याउन सक्ने अवस्था छैन।

प्रकाशित :२०८१ चैत्र ३०, शनिबार १०:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry