राजश्व विभागको पहिलो महिला महानिर्देशक बन्दैछिन् चन्द्रकला ?

आन्तरिक राजश्व विभागका हाकिम विनोद कुँवर आफ्नै घर पायक गण्डकी प्रदेश सरुवा भएसँगै विभाग विगत तीन हप्तादेखि नेतृत्वविहीन छ। सरकारले तीन हप्ता अघि ६ जना सह सचिवहरुको सरुवा गर्यो । यसरी सरुवा भएका सहसचिवमध्ये आन्तरिक राजश्व कार्यलयका विनोद कुँवर,शहरी विकास तथा भवन निर्माणका चक्रवर्ति कण्ठ,धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्त, कर्णाली प्रदेशको उद्योग मन्त्रालयका कृष्ण प्रसाद आचार्य, वन मन्त्रालयका मोहनदेव जोशी र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका राम प्रसाद घिमिरे छन्।
Advertisement 1
आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद कुँवरको घर पायक गण्डकी सरुवा भएपछि नयाँ महानिर्देशकको खोजी शुरु भयो । प्रवल दावेदारका रुपमा हेरिएको थियो दीर्घराज मैनाली,चन्द्रकला पौडेल र बलराम रिज्याल,झक्कप्रसाद अचार्य र रामेश्वर दंगालसम्म ।
हाल प्रधानमन्त्री कार्यालय मातहत राजश्व अनुसन्धान बिभागका महानिर्देशक दीर्घ मैनालीलाई प्रवल दावेदार मानिएको थियो । त्यसैगरी अर्थमन्त्री विष्णु पौडेलको नातेदार चन्द्रकला पौडेललाई पनि अर्को दाबेदारको रूपमा हेरिएको छ । उद्योग विभागका बलराम रिज्यालदेखि रामेश्वर दंगाल र झक्कसम्मलाई दावेदार मानिएकोमा सहसचिवद्धय रामेश्वर दंगाल र झक्कप्रसाद आचार्य दुवैले त्यहाँको महानिर्देशक बन्न अस्वीकार गरेको अर्थ मन्त्रालय सूत्रको दावा छ । यी दुबै छिट्टै सचिवमा बढूवा हुँदैछन् । सोही कारण विभागमा जान नचाहेका हुन् । यी दुईले जान आनाकानी गरेपछि अर्थमन्त्री विष्णु पौडेलको नातेदार चन्द्रकला पौडेललाई महानिर्देशक बनाउन खोजिएको छ । चन्द्रकला हाल गण्डकी प्रदेशमा कार्यरत छिन्।
त्यहाँ जान दीर्घराज मैनालीले बल गरिरहेका छन् ।


 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                