एसबीआई क्यापिटल मार्केट्स र नेपाल एसबीआई मर्चेन्टबीच समझदारी पत्रमा हस्ताक्षर
भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबीआइ बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
Advertisement 1
उक्त समझदारी पत्रमा एसबीआई क्यापिटल मार्केट्सको तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा नेपाल एसबीआई मर्चेन्टको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका हुन् ।
उक्त समझदारी पत्रको प्रमुख लक्ष्य परियोजनामा लगानी, सिन्डिकेसन, प्रोजेक्ट एप्रेजल र नेपालमा अन्य वित्तीय परामर्श सेवाहरू लगायतका विविध सम्भावित अवसरहरूको लागि पारस्परिक रूपमा महत्त्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, सञ्चालन र कार्यान्वयन गर्नु आदि रहेको छ ।
Advertisement 2
नेपालमा विशेष गरी जलविद्युत परियोजना लगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा कार्यहरू बढेको छ र जसमा परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरूमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महसुस गरिएको कम्पनीले जनाएको छ ।