इच्छाराज तामाङसहित तीन जनाका नाममा ३५ दिने सूचना, सीटीसी मल लिलाम गर्ने चेतावनी

कर्मचारी सञ्चय कोषले राजधानीको सुन्धारस्थित सीटीसी मल लिलाम गर्ने तयारी गरेको छ । सञ्चालक इच्छाराज तामाङले मल बनाउन लिएको कर्जा नतिरेपछि कोषले ३५ दिने सूचना निकालेको हो ।

Advertisement 1

सोमबार सूचना जारी गर्दै कोषले ३५ दिनभित्र ऋण रकमको साँवा-ब्याज भुक्तान नभए सम्पत्ति लिलाम गर्ने चेतावनी दिएको हो । पटक पटक भाका नाघेको ऋणको साँवा-ब्याज रकम भुक्तान गर्न ताकेता गर्दासमेत ऋणीहरू कोषको सम्पर्कमा नआएकाले सूचना जारी गर्नुपरेको उसले जनाएको छ ।

कोषले सिभिल इस्टेट्स प्रा.लि., त्यसका संचालक तामाङ, केशवलाल श्रेष्ठ र प्रवीण मुखियाको नाममा ३५ दिने सूचना जारी गरेको छ ।

Advertisement 2

तामाङको सम्पत्ति र सिभिल सहकारी ठगीबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ भने केन्द्रीय अनुसन्धान ब्यूरोले संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित :२०७८ मंसिर ७, मंगलवार ०८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry