ज्योति विकास बैंकको वरिष्ठ डिसिओमा बराल र सहायक महाप्रबन्धकमा थापा
काठमाडौं। ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश बराल नियुक्त भएका छन्। बैंकले आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट बराललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। त्यस्तै बैंकको सहायक महाप्रबन्धकमा बलेदव थापालाई बढुवा गरिएको बैंकले जानकारी दिएको छ।
Advertisement 1
बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षदेखिको अनुभव भएका बराल पछिल्लो १६ महिनादेखि ज्योति विकास बैंकको नायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। चार्टर्ड एकाउन्टेन्ट बरालसँग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा काम गरेको अनुभव छ।
उनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा पूर्वसञ्चालक समेत रहिसकेका छन्। साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि छन्। त्यस्तै बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नवनियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा सुरु गरी विभिन्न वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरूमा व्यवस्थापकीय पदमा काम गरिसकेका छन्। पछिल्लो ७ वर्षदेखि ज्योति विकास बैंकमा आवद्ध थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारीकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहेका छन्।