दैलोको सिंहदरबारको अत्याचार :-पुल तरेको २० रुपैयाँ कर !
गाउँ गाउँमा सिंहदरबार पुग्यो । त्यसको असर भोग्दैछन् सर्वसाधरणहरु । हालै एउटा स्थानीय तहले पुल तरेको कर उठाउने निर्णयसँगै यस्को चौतर्फी आलोचना हुन थालेको छ ।
बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे पुल तर्दा प्रतिव्यक्ति २० रुपैंया कर निर्धारण गरेसँगै त्यहाँको स्थानीय सरकार चर्काे आलोचना खेप्दै छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन सुरु गरेको छ । प्रतिव्यक्ति २० कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
झण्डै ५ सय ६७ मिटर लामो पुल सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएको हो । सो पुल एक पटक तरेवापत २० रुपैंया कर निर्धारण गरिएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । नगर प्रमुख पौडेलका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई भने १० कर लाग्नेछ ।
Advertisement 1
अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति २० कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताए । यद्यपि बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ ।