१२ वर्षपछि सार्वजनिक भयो खानेपानी संस्थानको परीक्षाको नतिजा
एउटा सरकारी कार्यलयमा जागिरका लागि भिडेका उम्मेद्धारले आफ्नो परीक्षाको नतिजा थाहा पाउन कति समय कुनुपर्ला ?
बढीमा ६ महिना वा एक बर्ष ।
तर नेपालकै एउटा यस्तो सरकारी संस्था जस्ले १२ बर्ष अघि लिएको परीक्षाको नतिजा १२ बर्ष पछि बल्ल आज सार्वजनिक गरेको छ ।
Advertisement 1
संस्थानले १२ बर्ष अघि २०६६ सालमा लिएको अन्तरवार्ताको नतिजा सार्वजनिक गरेको हो । संस्थानले ५६ जना कार्यालय सहयोगीका लागि १२ बर्ष अघि विज्ञापन गरेको थियो । जसमा १७४ जनामध्ये १७४ जनामध्ये योग्यताक्रमको आधारमा छनोट भएकालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको पदपुर्ति समितिले जनाएको छ ।
खानेपानी संस्थाले निकालेको विज्ञापन प्रक्रिया चल्दै गर्दा बीचमा मुद्दा मामिला परेपछि रोकिएको प्रक्रियालाई सर्वोच्च अदालतले प्रक्रिया अगाडि बढाउन आदेश दिएपछि संस्थानले पुनः प्रक्रिया अघि बढाएको थियो । यस बीचमा सर्वोच्चले अन्य पदको लागि पदपुर्ति गर्न पहिल्यै आदेश दिएको भएपनि कार्यालय सहयोगी नियुक्तिको हकमा भने आदेश दिन बाँकी थियो । आदेश आएपछि २०७७ मंसिर ९ देखि २९ गतेसम्म अन्तरवार्ता सञ्चालन गरी २०७८ बैशाख ४ गते रिजल्ट निकालिएको हो । सोही अनुसार गोरखापत्रमा बैशाख ५ गते आइतबार संस्थानले ५६ जनालाई पदपुर्तिका लागि सिफारिस गरिएको सूचना प्रकाशित गरेको छ ।खानेपानी संस्थानले स्थायी नियुक्तिको लागि कर्मचारीको नाम सिफारिस गरेको छ ।