फेरि १ लाख ६८ हजार नाघ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य फेरि १ लाख ६८ हजार रुपैयाँ प्रतितोला नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोलला १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकिएको छ।

Advertisement 1

यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँ रहेको थियो। यसअघि सुनको मूल्य प्रतिताला १ लाख ७१ हजार रुपैयाँ हाराहारी पुगेकोमा सरकारले भन्सार दर घटाएर सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ प्रतितोला हाराहारी पु¥याएको थियो।

त्यसयता बिहीबार नै सुनको उच्च मूल्य पुगेको हो। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ८० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ माघ २४, बिहीबार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry