साना किसान लघुवित्तको १४ प्रतिशत बोनस सेयर पारित

काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्थाको प्रस्तावित १४ प्रतिशत बोनस सेयर पारित भएको छ। संस्थाको मंगलबार साँझ सम्पन्न २३औं वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर पारित गरेको हो।

Advertisement 1

सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव सात प्रतिशत गरी १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो।

संस्थाले आर्थिक वर्ष २०७९÷८० मा ७७ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा गरेकामा आव वर्ष २०८०÷८१ मा १९ दशमलव १८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख रुपैयाँ पुगेको छ।

Advertisement 2

यसैगरी आव २०७९÷८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ रहेकोमा आव २०८०÷८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लख रुपैयाँ पुगेको छ।

संस्थामा मुलुकका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहमा एक हजार छ सय ९२ साझेदार संस्था आबद्ध छन्। कूल १२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पु¥याएको आएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ।

प्रकाशित :२०८१ पुष २४, बुधबार ११:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry