अध्यक्षका प्रत्यासी ध्रुव थापाको समूहले काभ्रेमा गर्यो छुट्टै भेला

यही मंसिर २३ र २४ गते हुने निर्वाचनको रणनीतिक तय गर्न नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अध्यक्षको प्रत्यासी ध्रुवबहादुर थापा पक्षधर समूहले काभ्रेमा छलफल गरेको छ ।
Advertisement 1
सो कार्यक्रममा आकाश गोल्छा, अमरज्योती रञ्जित, बी एन पाठक, दिपेन्द्रकुमार मिश्र, कपिल शिवाकोटी, नारायणप्रसाद पौडेल, नवराज भुसाल, निराकार श्रेष्ठ, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सगुन कंसाकार, सञ्जयकुमार खेतान, शुभ आशिष थपलिया, यमुना श्रेष्ठ लगायतको सहभागिता थियो ।
सो निर्वाचनमा थापा अध्यक्ष पदको उम्मेदवार छन् । ‘अब बनाउनुछ नाडा, सबै अटो मोवाइल व्यवसायीको साझा’ भन्ने मूल नारा रहेको छ । कार्यक्रममा थापाले नाडामा देखिएका समस्या र त्यसका समाधानका उपायहरूमा लाग्ने बताउँदै आउँदै गरेको नाडाको चुनावका लागि आफ्ना प्रतिबद्धताहरू स्पष्ट पारेका छन् ।