आइपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो ‘डबल बी रेटिङ’

काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा सेयर निष्काशनको प्रकृयामा रहेको छ।

Advertisement 1

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट क्रेडिट रेटिङ गराई ‘आइसिआरए डबल बी रेटिङ’ पाएको छ।

इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ।

Advertisement 2

साथै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आरविवि मर्चेण्ट बैकिङ र आरविवि म्युचुअल फण्डसँग सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनका लागि शेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्त समेत गरिसकेको छ।

प्रकाशित :२०८१ भाद्र १९, बुधबार १२:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry