नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तालिम सम्पन्न

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तालिम सम्पन्न भएको छ। कम्पनीले यही असार २ गतेदेखि ४ गतेसम्म आफ्ना वरिष्ठ कर्मचारीहरुलाई तालिम दिएको हो। कम्पनीले स्वस्थ्य र सन्तूलित जीवन प्रवद्र्धन गर्ने प्रयोजनले एक बहुआयामिक तालिम दिइएको बताएको छ।

Advertisement 1

तलिमबाट कर्मचारीहरुको व्यक्तिगत एवंम् व्यावसायिक वृत्तिविकास हुने अपेक्षा गरिएको छ। साथै संस्थागत विकासमा पनि मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ।

तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम. प्रधानले गरेकी थिइन्। प्रधान एक सम्मानित अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक हून्, जसको बैंकिङ क्षेत्रमा उच्च व्यवसायिक पृष्ठभूमि रहेको छ।

Advertisement 2

कम्पनीले समय र लगानीको अधिकतम परिणामको सूनिश्चितताका लागि थप तालिम दिने प्रतिबद्धता गरेको छ।

प्रकाशित :२०८१ असार ६, बिहीबार १६:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry