नेपाल एसबिआई बैंक र रेडिसन होटेलबीच सम्झौता

काठमाडौं। नेपाल एसबिआई बैंक र रेडिसन होटेल काठमाडौंबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता गरिएको छ।

Advertisement 1

बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाद्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र रेडिसन होटेल काठमाडौंका निर्देशक केदार पाण्डेले आदानप्रदान गरेका थिए।

प्रकाशित :२०८१ पुष २, मंगलवार १२:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry