एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर तानसेनमा

काठमाडौं। एभरेष्ट बैंकले पाल्पाको तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

Advertisement 1

बैंकले २०८३ भदौ १ गतेदेखि उक्त काउन्टर सञ्चालनमा ल्याएको हो। सेवा विस्तार गर्ने क्रममा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

नयाँ काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या ५ पुगेको छ।

Advertisement 2

तानसेन–७ मा काउन्टर सञ्चालनमा आएसँगै पाल्पावासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकको विश्वास छ।

बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवा तथा पहुँच विस्तार गर्दै आएको जनाएको छ।

प्रकाशित :२०८३ भाद्र ३, बुधबार १०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry