नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं। नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ।
Advertisement 1
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरे।
आईएमईले प्रतिसेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो।
Advertisement 2
सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ।
प्रकाशित :२०८१ पुष २, मंगलवार ११:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%