एनपीएल : चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

काठमाडौं। जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार बिहान भइरहेको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ।

Advertisement 1

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएपछि याक्सले उक्त लक्ष्य पाएको हो।

राइनोजका लागि रबि बोपाराले नटआउट रहँदै ४० बलमा ५९ रन बनाए। राइनोजका कप्तान तथा मार्की खेला कुशल मल्लले २७ बलमा २३ रन बनाए।

Advertisement 2

याक्सका लागि बिपीन शर्माले ४ ओभरमा २१ रन खर्च गरेर ३ विकेट लिए। जीशन मक्सुदले २ विकेट तथा नन्दन यादव र सोमपाल कामीले १-१ विकेट लिए। शुक्रबार दिउँसोको खेल लुम्बिनी लायन्स तथा पोखरा एभेन्जर्सबीच हुनेछ।

प्रकाशित :२०८१ मंसिर २१, शुक्रबार १०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry