पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो?
नेपाल आयल निगमले पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर एक रुपियाँ २६ पैसा र डिजल ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको हो । भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। घटाइएको मूल्य मंगलबार विहान राति १ बजेबाट लागू हुनेछ।
Advertisement 1
निगमले पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँले घटाएको हो।
अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ।
Advertisement 2
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपियाँ ५० पैसा, डिजल र मटितेल १४३ रुपियाँ ५० पैसा कायम भएको छ । साथै सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर १६५, डिजल र मटितेल प्रतिलिटर १५५ रुपियाँ कायम भएको छ । साथै काठमाडौँ, पोखरा र दिपायलका लागि पेट्रोल प्रतिलिटर १६६, डिजल र मटितेल १५६ रुपियाँ कायम भएको छ ।
त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ।
Advertisement 3