पुनर्बीमा कम्पनीको पाँचौंदेखि दशौं तहसम्मको लिखित परीक्षाको नतिजा सार्वजनिक

नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदका लागि खोलेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लोकसेवा आयोगले पुनर्बीमा कम्पनीका लागि खोलेका पाचौं तह देखि दशौं तहसम्मको विभिन्न विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । प्रशासन सेवातर्फको छैटौं तहका लागि सहायक प्रवन्धक १ जना माग्दा ९८ जना लिखित परीक्षामा सम्मिलित भएकामध्ये ऋृषिकेश खनाल अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।
यस्तै,बरिष्ठ सहायक पदका लागि खुलातर्फ १ जना र महिला १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित भएका ७६ जनामध्येबाट अनिल बराल,नविन लम्साल,प्रगति कुमारी,माधव खनाल,रिमा विष्ट,बिनीता ढकाल र शशी दाहाल अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।
यस्तै सहायक प्रबन्धक पदका लागि खुलातर्फ ४,महिला १,आदिबासी जनजाती १,मधेशी १,दलित १ जना गरी ८ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ९८ मध्येबाट खुलातर्फ ९,महिला ६,आदिवासी जनजाती ३,मधेसी २ र दलित १ जना अन्तर्वार्ताका लागि छनौट भएको आयोगले जनाएकको छ ।
सातौं तहको उपप्रबन्धक पदका लागि खुलातर्फ १ र महिला १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ६४ जनामध्येबाट ६ जना अन्तर्वार्ताका लागि छानिएका छन् । यस्तै आठौं तहका लागि खुलातर्फ ३,महिला १,आदिबासी जनजाती १ गरी ५ जना माग भएकोमा लिखित परीक्षामा सम्मिलित १८ जनामध्येबाट १७ जना अन्तर्वार्ताका लागि छनौंट भएको आयोगले जनाएको छ ।
नवौं तहका प्रवन्धक पदका लागि खुलातर्फ १ र महिला १ गरी २ जना माग भएकोमा लिखित परीक्षामा सहभागी १९ जनामध्ये १० जना अन्तर्वार्ताका लागि छानिएका छन् ।
दशौं तहको नायब महाप्रवन्धक पदका लागि २ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित १४ जनामध्येबाट ४ जना अन्तरवार्ताका लागि छनौंट भएको आयोगले जनाएको छ ।