सेवाग्राहीको सम्मान नै काफी छ मिश्रलाई
अञ्जनकुमार
Advertisement 1
साँच्चै नै कामको आधारमा पुरस्कार र दण्डको ब्यबस्था हुन्थ्यो भने जगदीश मिश्रको कोठाभरी थन्क्याएर नसकिने पुरस्कार र कदर पत्रका चाङ हुन्थे होला । बाहुरुपी सम्मान कसरी प्राप्त गरिन्छ भन्ने जोकोही इमान्दार कर्मचारीहरुलाई थाहा नहोला र ? चाकरी चाप्लुसी, कामचोर झोले कर्मचारी अधिकाश कर्मचारीहरुको तुलनामा जनउत्तरदायी कर्मचारीको मुल्यांकन यो मुलुकमा सायदै होला ।
काटिने र ठोकिने भनेकै सोझा नै त हुन । बाङ्गा रुख र काँटीलाई पनि कसले पो वास्ता गर्छ र भिल्लहरुको बर्चस्व रहेको मुलुकमा इमान्दारहरु पेलिन्छ्न थलिन्छ्न । ती मध्येका एकपात्र हुन जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत जगदीश मिश्र ।
Advertisement 2
२०५४ भदौ १५ देखि इलाका हुलाक कार्यालय सिसाघाट तनहुँबाट निजामती सेवामा प्रवेश गरेका लमजुङ कुन्छाका मिश्र मुखिया हुँदै खुला प्रतिस्पर्धा बाटै अधिकृत बनेका हुन् । निजामतीबाट नै दुर्गमका होस वा सुगमका जनसेवाको बिशुद्द भाब बोकेर निजामती प्रवेश गरेका उनले अनेकौं रङ्गबिरङ्ग देखे ।
सोझाको साक्षी दैव भनेझैं उनको सेवा समर्पणसंग प्रभावित सेवाग्राहीको स्नेह, सद्भाव जोख्ने ढक तराजु नै छैन । कुनै ूबाहुूरूपी पदक र सम्मान भन्दा हजारौं गुणामाथि छ उनीप्रति सेवाग्राहीको सम्मान । निकै सरल र सेवाग्राहीको सेवामा जहाँपनि सहज बन्ने मिश्र पुर्बी पहाडी जिल्ला रामेछाप बस्दा होस वा पश्चिम तराईको बिरगंज कहिँ कसैले खोट लगाउन सकेनन् ।
२०५४ को अन्तिमतिर जिल्ला भवन कार्यालय नवलपरासी सरुवा भएका मिश्र २०५६ को अन्तिममा जलश्रोत मन्त्रालयमा सरुवा भए । लामो समय सो मन्त्रालयमा काम गरेका उनले जलश्रोत मन्त्रालयलाई कसरी जलमाफियाहरुले दुहुनो गाई बनाउदा रैछ्न भन्ने बुझे । माफियाहरुले कर्मचारीदेखि मन्त्रीसम्मलाई कसरी ढोक्सा थाप्दा रैछन भन्ने पनि बुझे । इमान्दार कर्मचारीहरुलाई उनीहरु कै इशारामा कसरी रफादफा गरिने रैछ भन्नेपनि चाल पाए ।
Advertisement 3
२०७० मा बिरगंज बाणिज्य कार्यालय सरुवा भएका मिश्रले एउटा भ्रम तोडे । जहाँ कर्मचारी जनतासग एककप चियासम्म भएपनि आश गर्ने र सेवाग्राही पनि नखुवाई हुने कामलाई अबैध ठान्दथे । त्यस्तो ठाँउमा पनि मिश्रले जनताको मन जिते । कर्मचारी जनताको सेवक भएको उदाहरण पेश गरे । तीनबर्षे बिरगंज बसाइँमा मिश्र हाइहाइ भए ।
पद सानो होस् वा ठुलो जनतालाई खासै फरक पर्दैन । फरक त उसले गर्ने कर्म र व्यबहारले गर्दो रहेछ । जब उनी बिरगंजबाट पुर्बी पहाडी जिल्ला रामेछापमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा गए गृहबाट जनताको सेवामा प्रत्यक्ष सम्लग्न हुन पाए । २०७३ देखि २०७५ सम्म रामेछापमा बस्दा कुनैदिन कुनै जनताले उनी विरुद्ध केही गुनासो गर्ने ठाँउ पाएनन् । बरु उनी रामेछाप छोडदै गर्दा उनलाई नसम्झने कोही भएनन ।
२०७५ मा मिश्र जिल्ला आयोजना कार्यान्वयन इकाई लमजुङमा कार्यालय प्रमुख भएर सरुवा भए ।
२०७२ को बिनासकारी भुकम्पले लमजुङमा थुप्रै घर बस्ती सखाप भएका थिए । आयोजनाको प्रमुख काम पुनर्निर्माण थियो । उनले क्षति भएर पनि राहत नपाएका कसैको आँखा चिसो पार्ने काम गरेनन् । हुँदा र मिल्दासम्म जनताको सेवा सहजीकरणमा योग्यतम भूमिका निर्बाह गरे । कुनै आर्थिक अनिमियता वा घोटालाको गुन्जायस आएन । त्यस्तै कर्मचारी भएको भए अनुदान ब्यबस्थापनका नाममा लाखौं घोटाला गर्न सक्थे तर उनले सेवाप्रबाहलाई कसरी चुस्त बनाउन सकिन्छ भन्ने बाहेक अरु सोच्न चाहेनन् ।
हाल मिश्र जिल्ला प्रशासन कार्यालयको सहायक प्रजिअको भूमिकामा छन । यही जिल्ला प्रशासनमा ताल तालका मान्छे आए । एकदिन अफिस आएर ब्राह्मण नै उचालेको हुकार छातेर गए । तर मिश्र कुनै खहरे खोला थिएनन् जो जनताको सेवामा निरन्तर खती रहे ।
उनी भएसी प्रमुख जिल्ला अधिकारीहरु पनि ढुक्क हुन्थे । उनले पाउने कयौं बिदा पनि त्यसै अतेको छ । बिशेष परिस्थिति बाहेक कहिले अफिस गयल छैनन् मिश्र । समयको कुनै पावन्दी छैन । पाँच बजे अफिस छुट्ने समय भएतापनि काम गर्ने सिलसिलामा छ बज्दासम्म पनि सेवाग्राहीलाई उम्काएर पठाएका थुप्रै दिन छन । तर कामप्रति निष्ठा बोकेका यस्ता कर्मचारी कसको नजरमा परुन र कोरा सम्मानको प्रमाणपत्र हात पारुन ?
२०२७ सालमा जन्मिएका मिश्र स्नातकोत्तर हुन । कसैको अनुकम्पाको लालची नभएका मिश्र प्रति सेवाग्राहीको सम्मान त छदैछ संगै काम गरेर विभिन्न ठाँउ पुगेका सिनियर कर्मचारीले पनि उत्तिकै सम्मान गरेको पाइन्छ । रामेछापदेखि लमजुङमा समेतसगै काम गरेका प्रजिअ कृष्णप्रसाद शर्मा हुन कि छोटै समय भएनी संगै काम गरेका अर्का इमान्दार प्रजिअ सहसचिब होम प्रसाद लुइँटेल, वा किन नहुन जिल्ला प्रशासनका तत्कालीन लेखापाल रमेश बिश्वकर्मा, मिश्रको लगानशिलता, इमान्दारीता र बफादारिताको हट फ्यान हुन ।
यसो त अहिलेका लेखापाल सुरेन्द्र ढुङ्गना समेत मिश्रलाई खोट लगाउने कुनै ठाँउ देख्दैन्न । मिश्र कर्मचारी बीचपनि निकै प्रिय मानिन्छन् । उमेरले बाउन्न बर्ष लागेपनि तीसबर्ष युवा जोस बोकेका मिश्रको अर्को विशेषता भनेको सधैं कर्मचारी पोशाकमा चटक्क सजिनु हो ।