लोकसेवा आयोगका पूर्वसदस्यले लोकसेवामा यसरी लेख्नु भन्दै दिए यस्ता टिप्स


नियमित अध्ययन, सफा अक्षर र ओजपूर्ण शब्द चयनधेरै मध्यमवर्गीय नेपाली युवाको सपना हुन्छ– लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने । नेपालमा निजामती सेवाको बढ्दो आकर्षणसँगै लोकसेवामा प्रतिस्पर्धा झन्–झन् कठिन हुँदै गएको छ । सेवा प्रवेशका लागि योग्य बन्न हजारौँ युवायुवती ट्युसन, कोचिङलगायत स्वअध्ययनसहित मिहिनेत गरिरहेका छन् ।
तर, लोकसेवामा नाम निकाल्न सानोतिनो तपस्या नै गर्नुपर्छ भन्छन् भुक्तभोगीहरू । निरन्तरको मिहिनेतका साथमा धैर्य र आत्मबल पनि चाहिने उनीहरूको धारणा छ । सार्वजनिक सरोकार, सार्वजनिक क्षेत्रमा सुधार गर्दा समस्त नागरिकको जीवनयापनमा सुधार आउने र आत्मसन्तुष्टि पाइने तथा तत्कालीन अवस्थाको इज्जत, मानप्रतिष्ठाले पनि यो सेवामा आउन प्रेरित गरेको थियो । सरकारी सेवामा उत्कृष्ट अंक ल्याएर पास भएकाहरुको अनुभवमा आधारित यो समाग्री ।

Advertisement 1

परीक्षार्थीले लोकसेवा परीक्षामा अक्सर गर्ने गल्ती के–के हुन् ?
लोकसेवा परीक्षामा परीक्षार्थीले सामान्यतया सबै प्रश्नको उत्तर दिएका हुँदैनन् । उत्तर दिएका प्रश्नमा समेत सन्तुलन कायम भएको हुँदैन । उनीहरूले कुनै प्रश्नको उत्तर लामो र कुनै प्रश्नको उत्तर एकदमै छोटो दिएका हुन्छन् । विषयवस्तुमा अध्ययन नै नगरी परीक्षा दिने परीक्षार्थी पनि प्रशस्तै हुन्छन् । प्रश्नको उत्तर दिँदा राम्रोसँग अध्ययन गरेर खण्ड–खण्डमा सन्तुलन मिलाएर उत्तर दिनुपर्छ । कुनैमा कम र कुनैमा धेरै नलेखी सबै प्रश्नमा सन्तुलन मिलाएर लेख्नुपर्छ ।
कसरी उत्तर लेख्दा बढी अंक आउँछ ?
परीक्षामा सोधिएका प्रश्नको समसामयिक सिद्धान्तका साथै व्यावहारिक कुराहरूको उदाहरण दिएर लेख्नुपर्छ । यसका लागि धेरै विषयवस्तुको ज्ञान हुनुपर्छ । विशेषगरी कुनै एउटा लेखकको मात्र नभएर तुलनात्मक रूपमा अध्ययन गर्नुपर्छ । त्यससँगै परीक्षामा लेख्दा अहिलेको विद्यमान अवस्थालाई समेट्दै लेखे जाँचकीबाट धेरै अंक प्राप्त गर्न सकिन्छ ।
धेरै अंक ल्याउन अपनाउन सकिने विधि केही छन् ?
धेरै अंक ल्याउन तयारी धेरै गर्नुपर्छ । एक्लै बसेर पढ्नुभन्दा समूहमा बसेर पढ्दा धेरै सहज हुन्छ । एक्लै बसेर एउटा मात्र किताब च्यापेर पढ्दा अरूले कसरी पढेका छन् भन्ने कुरा थाहा हुँदैन । त्यसैले समूहमा बसेर उत्तर दिने प्रयत्न ग९यो भने परीक्षामा धेरै सहज हुन्छ ।
ह्यान्डराइटिङले अंकमा कस्तो असर पार्छ ?
ह्यान्डराइटिङले अंकमा एकदमै असर पार्छ । चिन्न र पढ्न नसकिने अक्षरले जाँचकीलाई इरिटेसन गर्छ । जसले गर्दा जाँचकीले राम्रोसँग पढ्न सक्दैन र पढ्दैन पनि  । त्यसैले उत्तर लेख्दा अक्षर राम्रो पारेर सुरुमा डेस्टिनेसन दिँदै बुँदागत रूपमा लेख्नुपर्छ ।
जाँचकीले परीक्षार्थीबाट कस्तो अपेक्षा गर्छन् ?

सर्वप्रथम जाँचकीले प्रश्नको सही उत्तर छ वा छैन भनेर हेर्छ । उत्तर लेख्दा जहिले पनि खण्ड–खण्डमा मिलाएर लेख्नुपर्छ । प्रश्नले मागेको मात्र उत्तर दिनुपर्छ । उत्तर लेख्दा सुरुमै प्रश्नको खण्डबारे उल्लेख गर्दा उपयुक्त हुन्छ । जसका लागि तीन खण्डमा विभाजन गरेर पहिलोमा परिभाषा, दोस्रोमा विशेषता र तेस्रोमा समस्याहरू क्रमशः लेख्दा राम्रो हुन्छ । यसरी लेख्दा परीक्षार्थीको अंकमा समेत फरक पर्छ ।

प्रकाशित :२०७७ फाल्गुन १८, मंगलवार १२:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry