रसुवाको सिडिओ फेरिए :- आइपी ढकाललाई सात महिनामै गृहमा तानेर नवराज पाण्डेलाई खटाइयो
रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन । गृह मन्त्रालयले रसुवासहित ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ । गृहले शुक्रवार साँझ रसुवासहित तेह्रथुम,मुगु,भोजपुर,डोटी,महोत्तरी,डडेल्धुरा,मनाङ ,कास्की लगायतका ११ जिल्लाको प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो ।
Advertisement 1
जस अनुसार कास्कीमा सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ । रसुवाको प्रजिअको जिम्मेवारीमा रहेका आइपी ढकाललाई गृह मन्त्रालयमा तानेर त्यहाँ नवराज जैसीलाई खटाइएको छ । पाण्डे शाखा अधिकृत हुँदा लामो समय लोकसेवा आयोगमा बसेर काम गरेका कर्मचारी हुन् । केही महिना अघि उपसचिवमा बढुवा भएका पाण्डे बढुवासँगै गृहमा पदस्थापन भएका थिए । उनले केही समय गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा चलाइसकेका छन् ।
ढकाल ७७ फागुन १७ मा रसुवाको प्रजिअ बनेर खटिएका थिए । सात महिनामै उनलाई गृहमा तानिएको छ ।उनी रसुवामा खटिँदा कोरोनाको दोश्रो लहरको समय थियो । कोरोनाको दोश्रो लहरसँग जुध्दै उनले सात महिनाको अवधिमा रसुवाको प्रशासन संयन्त्र सुधार्न भरमग्दुर प्रयास गरेका थिए ।
Advertisement 2
यस्तै मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर बैद्य लमजुङ, शंकर बहादुर विष्ट डोटी, रविन्द्र आचार्य मनाङ, मोहनराज जोशी डडेल्धुरा, चिरञ्जिवी राना म्याग्दी, अनुज घिमिरे तेरथुम जिल्लाको प्रजिअमा खटाइएको छ ।