ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट
काठमाडौं। ग्लोबल आइएमई बैंकका ग्राहकले एजिलस डायग्नोष्टिकका सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। डायग्नोष्टिकको प्याथोलोजि टेष्ट शुल्कमा ग्राहकलाई १५ प्रतिशत छुट दिने गरी दुई संस्थाबीच सम्झौता गरिएको छ।
Advertisement 1
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलिप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रालिका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरेका छन्।
समझदारी अनुसार बैंकका ग्राहकहरुले एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन्।
प्रकाशित :२०८१ कार्तिक २, शुक्रबार ११:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%