सुनको मूल्यमा नयाँ रकेर्ड, १ लाख ६२ हजार नाघ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेको छ। न्ेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेको हो।

Advertisement 1

बिहीबारका लागि प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ मूल्य तोकिएको महासंघले जानकारी दिएको छ। उक्त मूल्य नेपाली बजारमा हालसम्मकै उच्च रहेको महासंघको भनाइ छ। यसअघि बुधबार सुनको कारोबार प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँका दरले भएको थियो।

बुधबार पनि उच्च मूल्यमा पुगेको सुनको मूल्य बिहीबार थप बढेको हो। यसअघि असोज १८ गते सुनको मूल्य १ लाख ६१ ह्जार ३ सय रुपैयाँ प्रतितोलाको नयाँ उचाइमा पुगेको थिया।

Advertisement 2

त्यसयता घटेको मूल्यले बुधबार मात्रै कीर्तिमान कायम गरेको थियो। बिहीबारका लागि चाँदीको मूल्य यथावत् राखिएको महासंघले जानकारी दिएको छ। बुधबार प्रतितोला १९ सय ५० रुपैयाँ तोकिएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ कार्तिक १, बिहीबार १०:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry