सरुवामा मनपरी :-बर्ष दिन नपुग्दै फेरिए ८ प्रमुख जिल्ला अधिकारी

सरकारले सहसचिव, प्रमुख जिल्ला अधिकारी र उपसचिवहरुको पदस्थापन र सरुवा गरेको छ । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । त्यो पनि बर्ष दिन नपुग्दै । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आठ जिल्लाका प्रजिअसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् । निजामती सेवा ऐन अनुसार सुगममा डेढ बर्षसम्म र दुर्गममा कम्तिमा एक बर्षसम्म काम गर्न दिने प्रावधान छ । सो ऐनको प्रावधानविपरित मनमौजी ढंगले सीडिओहरुको सरुवा गरिएको हो ।

Advertisement 1

जसअनुसार,अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।
सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ । लमजुङको प्रजिअमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ । बैतडीमा राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ । राजेन्द्रदेव पाण्डेलाई बैतडीको प्रजिअ, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रजिअ तोकिएको छ ।

Advertisement 2

उप–सचिव रामबहादुर कुरुङवाङलाई ईलाका प्रहरी कार्यालय टिकापुर सरुवा गरिएको छ । गोपालकुमार अधिकारीलाई बाजुरा पठाइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुशील बैधलाई पठाइएको छ ।
गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको हो । बुधबार मन्त्रीस्तरीय निर्णयले २६ जनाको जिम्मेवारी हेरफेर गरेको हो ।

Advertisement 3

 

प्रकाशित :२०७७ चैत्र २७, शुक्रबार ०७:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry