राष्ट्रिय वाणिज्य बैंकले एमएडब्ल्यु वृद्धिका विद्युतीय सवारी खरिदका लागि सहुलियत कर्जा दिने

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले एमएडब्ल्यु वृद्धिका विद्युतीय सवारी खरिदका लागि सहुलियत कर्जा दिने भएको छ।

Advertisement 1

त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ। सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थिी ब्याजदरमा बैंकले उक्त कम्पनीका नाम्मी र सेरेस ईभीका लागि सहुलियतमा ऋण दिनेछ।

बैंकले अधिकतम एक करोड रुपैयाँसम्म कर्जा दिनेछ। कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने बैंकले स्पष्ट पारेको छ।

Advertisement 2

गाडीको कोटेशनमा अंकित मूल्यको विद्युतीय गाडीको बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा दिनेछ। बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने उक्त स्किम २०८१ कार्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले बताएको छ।

प्रकाशित :२०८१ आश्विन १६, बुधबार १३:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry