सुनको मूल्यमा साताभर दिनदिनै रेकर्ड, १ लाख ६१ हजार नाघ्यो भाउ

काठमाडौं। लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार पनि वृद्धि भएको छ। तोलामा ५ सय रुपैयाँले वृद्धि हुँदा सुन हालसम्मकै महंगो भएको छ।
Advertisement 1
शुक्रबार पनि मूल्य बढेपछि सुनको मूल्यले यो साताभर नै दिनदिनै नयाँ नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभावले मूल्य बढेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६१ ह्जार २ सय रुपैयाँ तोकिएको छ।
Advertisement 2
यसअघि बिहीबार प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँका दरले कारोबार भएको थियो। चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। महासंघले चाँदीको मूल्य प्रतितोला १९ सय ५५ रुपैयाँ निर्धारण गरेको छ।
प्रकाशित :२०८१ आश्विन ११, शुक्रबार १२:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%