स्वास्थ्यसम्बन्धी गुनासो सुन्रे ‘हेल्लो स्वास्थ्य’ सञ्चालनमा
काठमाड। सरकारले स्वास्थ्यसम्बन्धी गुनासो सम्बोधनका लागि ‘हेल्लो स्वास्थ्य’ सञ्चालनमा ल्याएको छ।
Advertisement 1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवासम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरुवात गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यसका लागि निस्शुल्क कल सेन्टर १११५ मा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर पीडितले गुनासो पठाउन तथा स्वास्थ्य सेवाबारे जानकारी लिनसक्ने मन्त्रालयको भनाइ छ।
Advertisement 2
साथै ह्वाट्सएप र भाइबरमा मोबाइल नम्बर ९८५१३३०५९२ र मन्त्रालयको फेसबुक तथा एक्स (ट्विटर)का साथै इमेल र सोझै मन्त्रालयमा वा हुलाक मार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने मन्त्रालयको भनाइ छ।
प्रकाशित :२०८१ मंसिर २५, मंगलवार १४:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%