आइएमई पेको ‘उत्सवको बहार दुबई घुम्ने उपहार’ विजेता घोषणा

आइएमई पेले ‘उत्सवको बहार दुबई घुम्ने उपहार’ भन्ने मुल नाराका साथ दशैं, तिहार र छठलाई लक्षित गरी तयार पारेको स्किमको विजेता घोषणा गरेको छ।

Advertisement 1

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रबन्धित आइएमई पे उक्त स्किम सार्वजनिक गरेको थियो।

यो स्किमका विजेता धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार भएको छन्। आइएमई काउन्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट बिक्री गरेबापत प्रविधिमा आधारित लक्की ड्रमार्फत विजेता छनोट गरिएको हो।

व्यवसाय प्रबन्धमुखी यस्ता स्किममार्फत व्यवसायिक साझेदारहरूलाई पुरस्कृत गर्ने उद्धेश्यले सो स्किम सार्वजनिक गरिएको हो।

Advertisement 2

उक्त कार्यक्रममा दुई जोडीलाई चार रात पाँच दिनका लागि दुबई घुम्ने अवसर प्राप्त हुने गरी तयार पारिएको थियो। कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपयुक्त  समय नभएका कारण सोही भ्रमणको लागि लाग्ने खर्च तीन लाख रुपैयाँ (एक लाख ५० हजार रुपैयाँ प्रति विजेता) आइएमई पे एप मार्फत स्किमका विजेताहरूलाई ट्रान्सफर गरिएको छ।

प्रकाशित :२०७८ चैत्र ७, सोमबार १०:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry