सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि ज्योति विकास बैंकको सम्झौता

काठमाडौं। ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि विभिन्न संस्थासँग सम्झौता गरेको छ। बैंकले १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता गरेको हो। ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत ३ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु घोषणा गरिएको बैंकले जानकारी दिएको छ। बैंकले स्वास्थ्य, शिक्षा, र सशक्तीकरणका क्षेत्रहरूमा दीर्घकालीन प्रभाव र सकारात्मक परिवर्तन ल्याउन, समाजको समग्र विकास गर्न, र समुदायलाई समृद्ध र आत्मनिर्भर बनाउने उद्देश्यले सो सहयोग गरेको बताएको छ।
Advertisement 1
त्यस्तै बैंकले शारीरिक तवरले फरक बालबालिकाहरुलाई कृत्रिम हात प्रदान गर्न ई–नेबल नेपालसँग सहकार्य गर्न पनि सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा ई–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।
Advertisement 2
सहकार्यबाट बैंकले १६ जना बालबालिकालाई ‘थ्रीडी’ प्रिन्टेड कृत्रिम हात प्रदान गर्नेछ। प्रदान गरिने कृत्रिम हातहरूले बालबालिकाहरुलाई सामान्य दिनचर्यामा सहयोग पुर्याउने र आत्मविश्वास उच्च राख्न सहयोग गर्ने विश्वास बैंकले राखेको छ। बैंकले यसअघि पनि ई–नेबल नेपालसंगको सहकार्यमा १५ जना बालबालिकालाई उक्त हातहरु प्रदान गरेको थियो। त्यस्तै बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यमा ‘न्यानो नानी’ परियोजना–५ लाई निरन्तरता दिने घोषणा गरेको छ।