१ सय ५२ जना कोरोना सङ्क्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १५२ संक्रमित थपिएका छन् ।
हाल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ४ सय ६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
अहिलेसम्म २२ लाख ७५ हजार ५४० वटा पीसीआर परीक्षण भइसकेको छ । देशका विभिन्न अस्पतालबाट ६५ जना सङ्क्रमित निको भई घर फर्केको मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ७२ हजार ८५१जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

प्रकाशित :२०७७ चैत्र १९, बिहीबार १७:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry