सबैखाले भेला रोक्न सिडिओ कार्यालयहरुलाई सरकारको निर्देशन, के होला पत्रकार महासंघको निर्वाचन ?

भारतमा कोरोना संक्रमणको दोश्रो लहर बढेसँगै नेपाल पनि उच्च जोखिममा छ । पछिल्लो २४ घण्टामा मात्र १६२ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९९ पीसीआर परीक्षण हुँदा १६२ पोजेटिभ देखिएका हुन् । काठमाण्डौ उपत्यकाभित्र भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाण्डौमा ५२ गरी ६५ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार नेपालमा कोरोना संक्रमण ५ प्रतिशतबाट उकालो लागेको छ ।
सरकारले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने जनाएको छ । सरकारले सबै जिल्ला प्रशासनहरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको छ ।

Advertisement 1

साथै, विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । पालिकाहरुमा एन्टिजेन टेस्ट गर्न पनि आग्रह गरिएको छ । यो सँगै आगामी २५ चैत्रमा हुने भनिएको पत्रकार महासंघको निर्वाचन के हुन्छ ? भन्ने प्रश्न उठ्न थालेको छ ।

 

प्रकाशित :२०७७ चैत्र १८, बुधबार १८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry