नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

काठमाडौं। नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ। यो साझेदारीले बैंकका ग्राहकले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन्।

Advertisement 1

समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले हस्ताक्षर गरेका छन्।

यो सहकार्यसंगै नबिल बैंकका ग्राहकले एनबैंक (मोबाइल बैंकिङ) एप्लिकेशनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्ने बैंकले जानकारी दिएको छ।

प्रकाशित :२०८१ श्रावण २३, बुधबार ११:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry